१९ कार्तिक २०८३, बिहिबार

एमालेलाई संघीय फोरमका उपमहासचिव साहले लगाए यस्तो आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abhi-shek-pratap-sahaकपिलवस्तु, ११ कात्तिक । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवम् सांसद अभिषेक प्रताप साहले संविधान संशोधनको विषयलाई ओझेलमा पार्न लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।

उहाँले प्रमुख तीन दलको चलाखीलाई आफूहरूले राम्रोसँग बुझेको बताउनुभयो । गृह जिल्ला कपिलवस्तुको तौलिहवामा स्वः अजय प्रताप साह मेमोरियल ट्रष्टले तिहार तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा उपमहासचिव साहले लोकमान प्रकरणमा आफूलाई भन्नु केही नरहेको बताउनुभयो । ‘हामी पहिला संविधान संशोधन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधनको प्रक्रियालाई ओझेलमा पार्न लोकमान प्रकरण ल्याएको हाम्रो ठहर छ ।’

उहाँले राष्ट्रहितका मुद्दामा संघीय समाजबादी फोरम नेपाललाई प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले कहिल्यै समावेश नगराउने गरेको आरोप समेत लगाउनुभयो । ‘हाम्रो पार्टी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग महाभियोग प्रस्ताव दर्ता गराउने विषयमा सल्लाह नै भएन’, उहाँले भन्नुभयो, ‘महाअभियोग प्रक्रियामा समावेश नै नगराउनु पनि रहस्यमय छ ।’

उपमहासचिव साहले आख्तियार दुरुपयोग अनुसान्धान आयोगका आयुक्त लोकमान कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका खेलेको एमालेले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमण स्थागित गर्न षड्यन्त्र रचेको समेत दाबी गर्नुभयो ।

‘केपी ओली नेतृत्वको सरकारको समयमा माओवादीले समर्थन फिर्तालिइ चीनका राष्ट्रपति सी जिङपिङको भ्रमण स्थागन गरेको प्रतिशोधमा एमालेले भारतीय राष्ट्रपतिको भ्रमण रोक्न चलखेल गरेको छ’, सांसद साहले आरोप लगाउनुभयो ।

छठ सम्ममा संविधान संशोधन नभए तेस्रो संविधान सभाको निर्वाचनको लागि संघर्ष आवश्यक रहेको उहाँको भनाइ छ ।