१९ कार्तिक २०८३, बिहिबार

गठबन्धनलाई अप्ठ्यारो पार्ने उद्देश्य एमालेको छैनः सुवास नेम्वाङ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nemwang

ललितपुर, १० कात्तिक । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने आफ्नो पार्टीको उद्देश्य नभएको बताउनुभएको छ ।

शुभ दिपावली, नेपाल संवत् ११३७, उधौली लगायतका नेपाली चाडपर्वको उपलक्ष्यमा प्रेस चौतारी नेपाल, ललितपुर शाखाले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले लोकमानसिंह कार्कीले गरेको धेरै काम आयोगको भन्दा पनि व्यक्तिको भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले चाडपर्वले आपसी सद्भाव बढाउने काम गरेको बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली पत्रकारलाई चुल्हो बाल्न समस्या रहेको बताउनुभयो । रासस