काठमाडौं, १० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पश्चिम पृतना अन्तर्गत जोमसोमस्थित श्री भिमदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।
बुधबार निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले श्री भिमदल गणको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ ।
सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति क्षत्री आज पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम छ । निरीक्षण भ्रमणको क्रममा उहाँले भोली पश्चिम पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण गर्नुहुनेछ ।
साथै निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति कार्तिक १२ गते काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया