काठमाडौं, १० कात्तिक । राजधानीको अनामनगर चोकमा रहेको बिजुलीको पोलमा तार सट भएर आगलागी भएपछि त्यसक्षेत्र आसपासको विद्युत सेवा अवरुद्ध भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको ठाउँमा अचानक आगो लागेको थियो ।
तारमा आगो लागेको करिब १५ मिनेटपछि आएको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।
आगो नियन्त्रणमा आए पनि सो क्षेत्रको विद्युत् सेवा भने अवरुद्ध नै छ ।













प्रतिक्रिया