१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा १६ कार्टुन पटाकासहित ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patakaललितपुर, १० कात्तिक । ललितपुर प्रहरी १६ कार्टुन पटाकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कात्तिक ५ गते ललितपुर उपमहानगरपालिका वाडा नं. १ गुर्सिङगालबाट १६ कार्टुन पटकासहित ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरेको डीएसपी ईश्वर कार्कीले जानकारी दिए ।

साथै महानगरीय प्रहरी परिसर ललितपुरले तिहारका बेला पटाका र आतेसबाजी जस्ता बिष्फोटक पदार्थको प्रयोगबाट धनजनको क्षती हुने र सर्वसाधारण मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा यस्ता पदार्थहरु उत्पादन, आयात, बिक्री बितरण, ओसारपसार तथा प्रयोग नगर्न र आआफ्ना बालबच्चाहरुलाई यस्ता पदार्थ प्रयोग गर्न नदिन अनुरोध गरेको छ ।