१९ कार्तिक २०८३, बिहिबार

चक्कु देखाई पैसा माग्ने दुई पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3नुवाकोट, १० कात्तिक । बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरुले मंगलबार त्रिशुलीबाट चोगतेतर्फ गईरहेको बा.३ ख ८९४५ को टिपर चालक बागेश्वरी–२ बस्ने ४० वर्षीय शालिकराम अधिकारीसंग पैसा माग्ने क्रममा हातपात गर्न खोजेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरले प्रयोग गरेको बा.३९ प ९८३७ नम्बरको मोटरसाइकल र नगद २ हजार ४ सय १० रुपैयाँ सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।