१९ कार्तिक २०८३, बिहिबार

रामसपामा मण्डलले पाए राष्ट्रिय सचिवको जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gajendra-mandalकाठमाडौं, ९ कात्तिक । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले राष्ट्रिय सचिवको जिम्मेवारी गजेन्द्र मण्डललाई दिएको छ ।

रामसपाका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार पार्टीले सचिवको जिम्मेवारी मण्डललाई दिएको हो । मण्डललाई अध्यक्ष शरतसिंह भण्डारीले सचिवमा पार्टीको विधान २१ (२) अनुसार मनोनीत गरेका हुन् ।

‘गजेन्द्र मण्डलले पार्टीभित्र गरेको योगदान र लगनका कारण राष्ट्रिय सचिवको जिम्मेवारी दिइएको छ’, झाले भन्नुभयो, ‘पार्टीको गरिमा र सांगठनिक काममा उहाँको पहिलाकै जस्तै योगदान रहनेछ ।’