१ कार्तिक २०८३, आइतबार

‘दबंग ३’ मा काजोलसँग रोमान्स गर्दै सलमान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kajol-salman

मुम्बई । फिल्मी फेयर म्यागेजिनको रिपोर्टअनुसार अभिनेत्री काजलको ‘दबंग थ्री’मा सलमानलाई विरोधी लीड रोलको अफर मिलेको छ ।

खास गरेर यसको बारेमा अरबाज खानको उत्पादन कम्पनी सलमान खान वा फेरि काजलको तर्फबाट नै कुनै किसिमको तत्काल कुनै अफिसल सूचना छैन । तर, सुन्नमा आएअनुसार यो रमाइलो हुनेछ । फिल्ममा सलमानले काजोलसँग रोमान्स गर्ने इच्छा व्यक्त गरेका छन् ।

यदि काजल यस रोलको लागि तयार हुन्छिन् भने काजल र सलमान यो फिल्मबाट तेस्रोपटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दै गरेको देखिनेछ । यसअघि सलमान र काजलले ‘प्यार किया तो डरना क्या’ र ‘कुछकुछ होता है’ मा सँगै काम गरिसकेका छन् ।

अघि नै खबर आइसकेको छ कि ‘दबंग थ्री’मा सोनाक्षी सिन्हा देखिने छैनन् र सलमान अरु नै नयाँ हिरोइनसँग रोमान्स गरिरहेका देखिनेछन् ।