१९ कार्तिक २०८३, बिहिबार

रामेछापको मन्थलीमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, ९ कात्तिक । रामेछाप सदरमुकाम मन्थलीमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । घाईते मध्य १ को अवस्था गम्बिर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मन्थलिबाट काठमाण्डौ जादै गरेको बा. २ च ८१९९ नम्बरको ट्याक्सी र बिपरित दिशा बाट मन्थलि तर्फ आउदै गरेको बा. ३७ प ४८३३ नम्बरको पल्सर मोटरसाईकल मन्थलीको मदनआश्रित चोकमा एकआपसमा ठोक्किदा सो दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परि रामेछाप जिल्ला मन्थलि नगरपालिका १२ भलुवाजोरका बर्ष २३ को बद्री थापा, मोटर साईकल चालक बेताली ४ का पूर्ण बहादुर तमाङ र मोटरसाईकलको पछाडी बस्ने ६० बर्षको ढुन्डो बहादुर तमाङ घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिएका छन् ।

घाईतहरुको मन्थलि स्थित तामाकोशि सहकारी अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्य मोटरसाइकल चालक पूर्ण बहादुर तमाङको अवस्था गम्बिर रहेको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।