२ कार्तिक २०८३, सोमबार

बजार क्षेत्रको पाईपलाइन र सडक ढलानलाई व्यवस्थित गरिंदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukum-pipeline

– अमरराज पुन

रुकुम, ९ कात्तिक । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बजारलाई व्यवस्थित बनाउन सोमबार देखि बजार क्षेत्रमा छरिएर रहेको पाईपलाइन र सडक ढलानको कार्यलाई तीब्र पारिएको छ ।

अव्यवस्थित बन्दै आईरहेको बजार क्षेत्रमा पहिलो चरणको काम अन्तर्गत बजार क्षेत्रको खानेपानीको पाइपलाइन बिछ्याउने कार्यको औपचारिक सुरुवात गरिएको हो । काम सुरु गरिए संगै बजारमा आवात–जावत गर्ने पैदल यात्री र सवारी साधनलाई समेत थप समस्या भएको छ । खास गरेर खलंगा बजारमा खानेपानीको पाईप लाईन छरपष्ट रुपमा उत्रिएकाले पनि पहिलो चरणको योजना अनुरुप बजार क्षेत्रकोे पाईपलाईनलाई व्यवस्थित गराउन थालिएको छ । पाईपलाईन सडक तथा बाटोमा जथाभावी राखिएकै कारण पाईपबाट पानी चुहिंदा खलंगा बासीले सफा र शुद्ध पिउने पानीको समस्यामा दिन गुजारा गरिरहेका थिए ।

त्यस्तै बाटोमा समेत पाइपलाईनहरु यत्रतत्र राखिएकाले दैनिक दिन बजारमा हिंडडुल गर्नलाई समेत कठिन परिरहेको थियो । अव्यवस्थित बजार र खानेपानीको पाईपलाईनलाई व्यवस्थित गराउनै लाग्दा खलंगाबासी र आसपासका स्थानियहरु खुशी भएका छन् । अवको २ महिना भित्रै बजारमा शुद्ध खानेपानीको पाइपलाइनलाई व्यवस्थित गर्नुका साथै सडकलाई तत्काल ढलान गरिने भएको छ । नेपाल सरकार अन्र्तगत साना सहरी खानेपानी आयोजना र एसियाली विकास बैंकको सहयोगमा मुसिकोट बजार र आसपासका क्षेत्रको खानेपानी र सडकलाई ढलान गर्न लागिएकोे हो ।

उक्त आयोजनाको कार्यलाई मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तिब्र गतिमा अगाडी बढाइरहेको छ । आयोजनाको कुल लागत १५ करोड ३७ लाख १५ हजार ८ सय ६९ रुपैंयामा ठेक्काद्धारा सो काम भइरहेको छ ।

काम सम्पन्न पश्चात् मुसिकोट नगरपालिका भित्र पर्ने खलंगा बजार, रावलबारा, सेरीगाँउ, बागबजार, मठ, सालघारी, पातुखोला, पिपलनेटा, रातामाटा लगाएतका बासिन्दा शुद्ध खानेपानीबाट लाभान्वित हुने भएका छन् । त्यस्तै लामो समयदेखि अव्यवस्थित बन्दै आईरहेकोे मुसिकोट खलंगा बजार सफा र व्यवस्थित हुने भएको छ ।

सोमबारबाट बजार क्षेत्रमा सुरु गरिएको पाइपलाइनको काम सकिए पश्चात सडक ढलानको कार्य सुरु गरिने मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्र केसीले बताउनुभयो ।