१९ कार्तिक २०८३, बिहिबार

मंगोलियन फोर्सका पाँच कार्यकर्ता रोल्पामा पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3– जीवन डाँगी

रोल्पा, ९ कात्तिक । राष्ट्रिय मुल बासी मगोलियन फोर्स नेपालले चलाउदै आएको बिभिन्न भुमिगत गतिबिधिहरुमा सलग्न पाँच जनालाई पक्राउ गरिएको छ ।

सिउरी गाबिस ८ का ३० बर्षिय राम बहादुर बुढामगर, सिउरी गाबिस ९ कै ३२ बर्षिय चन्द्र बहादुर घर्तिमगर, सोही गाबिस १ का लोक बहादुर बुढामगर, सिउरी ७ कै ३१ बर्षिय जोख बहादुर घर्तिमगर, सिउरी १ का दुज मन घर्तिमगर लाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

पक्राउ परेकाहरुबाट भरुवा बन्दुक ८ थान, नाल १ थान, कमब्याड सट ४ थान ,कमब्याड पाइनन्ट ५ थान, झन्डा ,खुकुरी ,बारुद, सिसाको छरा गोली पेर्टोल साथै प्राथमिक उपचारका सामानहरु र सिल्पीङ ब्याग बरामद गरिएको हो । विशेष सराकिको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

पक्राउ परेका राम बहादुर बुढामगरले आफु कमान्ड भएको स्वीकार गर्दै सगठनको प्रमुख रुकुम निवासी उपेन्द्र घर्तिमगर रहेको बताएका छन् । पक्राउ परेकाहरुलाई हात हतियार तथा खर खजना सम्बन्धी २०१९ मा रहेर ६ दिन म्याद थपेर, थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक केशब बहादुर बस्नेतले बताउनुभयो । मगरको संस्कृति र भाषालाइ बचानउ अभियान चलाउदै आएको उक्त मगोलिएन फोर्षले भुमिगत रुपमा युद्ध सहित क्रान्ति गर्ने तयारी गरिरहेको बुझिएको छ । उक्त फोर्षमा आबद्ध अन्य बिभिन्न ब्यतिmहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले बताएको छ ।