काठमाडौं, ८ कात्तिक । नेपाल बंङ्गलादेश बैंकको बाईसौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभा आ. व. २०७२।७३ को संचालक समितिको बार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ ।
बैंकले उक्त साधारण सभाबाट अधिकृत पूँजीलाई रु १० अर्व पुर्याउने, आ.व. २०७२।७३ को मुनाफा रकमबाट चुक्त पूँजीको ३२ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने र कर तिर्ने प्रयोजनका लागि १.६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकले सो सभाबाट बोनस शेयर वितरण पश्चात् नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूँजी बृद्धिको लागि १०ः८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव अनुसार बैंकको बोनस शेयर वितरण पश्चात् हकप्रद शेयर जारी भइसकेपछि जारी शेयरपूँजी रु.७,२२,११,६५,५०० हुने बैंकले जनाएको छ ।
साथै कार्यक्रम परिसरमा बैंकको सहकार्यमा नेपाल मधुमेह समाजद्धारा ‘निःशुल्क स्वस्थ्य परिक्षण शिविर’ को पनि व्यवस्था गरिएको थियो । शेयरधनीहरुको स्वास्थ्य परिक्षण अन्तर्गत निःशुल्क रक्तचाप तथा मधुमेह परिक्षणका साथै अन्य स्वास्थ्य परिक्षणहरु सुलभ शुल्कमा व्यवस्था गरिएको थियो ।
















प्रतिक्रिया