
एजेन्सी । अमेरिकी राष्ट्रपतिका दाबेदार डोनाल्ड ट्रम्पले एक पोर्नस्टारलाई आफूसँग रात विताउन १० हजार डलरको अफर गरेको खुलासा भएको छ ।
पोर्नस्टार जेसिका ड्रेकले १० वर्षअघि सन् २००६ मा आफूलाई ट्रम्पले होटलमा रात विताउन १० हजार डलर दिने अफर गरेको खुलासा भर्खरै पत्रकार सम्मेलनमार्फत गरेकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लस एन्जेलिसमा आयोजित पत्रकार सम्मेलनमा जेसिकाले ट्रम्पले आफ्नो अनुमति विना नै चुम्बन गरेको र हात समातेर रात विताउन अफर गरेको आरोप लगाइन् ।
उनले डोनाल्ड ट्रम्पसँग आफ्नो तस्विर समेत सार्वजनिक गरेकी छिन् ।
















प्रतिक्रिया