२ कार्तिक २०८३, सोमबार

नेपालले चीनसँग राख्यो नयाँ प्रस्ताव, संयुक्त बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-china

काठमाडौं, ७ कात्तिक । नेपालले उत्तरी छिमेकी चीनसँग तेस्रो मुलुकसँग व्यापारका लागि तीन वटा बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको व्यापार तथा पारवहन सम्झौतालाई टेकेर बाणिज्य मन्त्रालयले तीन वटा बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव गरेको हो ।

कुन कुन बन्दरगाह प्रयोग गर्न पाउने भन्नेबारे नेपालले चीनसँग कात्तिक २१ देखि २३ मा संयुक्त बैठक बस्ने तयारी गरेको बाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले चिनियाँ समाचार एजेन्सी सिन्हृवालाई बताएका छन् ।

सिन्हृवासँगको कुराकानीमा उनले संयुक्त बैठकमा सन्धि अनुसार सीमा शुल्क, कार्गोको प्रकारदेखि अपरेशन मोडालिटीबारे छलफल हुने जानकारी गराएका छन् ।

प्रवक्ता सैंजुका अनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि दुई देशको ४ देखि ५ वटा नाकाबाट ट्रान्जिट सुविधासहित चीनको २ देखि ३ बन्दरगाह प्रयोग गर्न चाहेको छ ।