१ कार्तिक २०८३, आइतबार

लिटिल मिस दाङकी प्रतिस्पर्धी बुढाथोकीको सर्वाधिक शेयर र लाइक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrinkhala-budhathokiघोराही । लिटिल मिस दाङ २०१६ कि प्रतिस्पर्धी श्रृखला बुढाथोकीले सर्वाधिक शेयर र लाइक प्राप्त गरेकी छन् ।

आफूलाई लिटिल मिस दाङको विजेता बनाउन सबैलाई अनुरोध गरेकी बुढाथोकीको अहिलेसम्म साढे ४ सय लाइक र १ सय २८ शेयर पुगेको छ । दुर्इ दिनमा नै उनको फोटोमा सर्वाधिक लाइक र शेयर बढेको हो ।

उत्सर्ग फिल्मस नेपाल र रोयल ब्युटिसियनद्वारा घोराहीमा जारी लिटिल मिस दाङका लागि आयोजित प्रतियोगितामा घोराही रतनपुर निवासी बुढाथोकीले अनलाइन भोट गरी आफूलाई विजयी बनाउन आग्रह गरेकी हुन् ।

प्रतियोगितामा देखिएको लगाव, क्षमता तथा रचनात्मक तथा सिर्जनात्मक क्रियाकलापसंगै फेसवुकको लाइक र सेयरको आधारमा लिटिल मिस दाङ घोषणा गरिने भएकाले उनले आफन्त, नातेदार तथा शुभेच्छुक सबैमा आफुलाई जिताउन आग्रह गरेकी छन् ।

घोराही रतनपुरस्थित गुरुकुल इन्टरनेशनल एकेडेमिमा कक्षा २ मा अध्ययनरत बुढाथोकीले Little Miss Dang को पेजमा गई सो पेज लाइक गरी Constent No. 1 Shrinkhala Budhathoki को फोटोमा लाइक र सेयर गरिदिन आग्रहसमेत गरेकी छन् ।

उनलार्इ २०७३ कार्तिक १२ गते विहान ८ बजेसम्म अनलाइन भोट गर्न सकिने छ । उनीसहित १४ जनाले सो प्रतियोगितामा भाग लिएका छन् ।