एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्प एक नायिकाबारे गरेको विवादास्पद टिप्पणीले फसेका छन् ।
श्रीमतीको नांगो तस्वीर सार्वजनिकदेखि अन्य विवादास्पद बयानले आलोचना खेपिरहेका ट्रम्प अमेरिकी टेलिभिजन च्यानल सीएनएनमा आफूले सन् २००४ मा अन्तर्वार्ता दिने क्रममा हलिउड नायिका लिन्ड्से लोहनको नांगो तस्बिरका बारे गरेको भद्दा टिप्पणीले झन आलोचित बन्न पुगेका छन् ।
ट्रम्पले त्यतिबेला नायिका लोहनलाई ‘ओछ्यान तताउनका लागि उचित केटी’ भनेर अपहेलना गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवार्ड स्टर्न सोमा उनले भनेका थिए- ‘लोहनको छाती नजिकबाट देखेको छु । उनको छातीभरि दाग नै दाग छ । उनी साँच्चै समस्या भएकी केटी हुन् । त्यस्ता केटीहरू ओछ्यानका लागि मात्रै उचित हुन सक्छन् ।’ त्यतिमात्र होइन, लोहनका बुवा अधर्मी हुनसक्ने प्रतिक्रिया पनि उनले त्यति बेला दिएका थिए ।
डोनाल्डले कुनै पनि महिलालाई अनुमतिबिना नै आफूले चुम्बन गर्ने गरेको समेत बताएका थिए । रियल स्टेट व्यवसायमा लागेका डोनाल्डले आफ्नो स्टारडमका कारण जे गरे पनि कुनै महिलाले आपत्ति नजनाउने दाबी गरेका थिए ।
ट्रम्पको यो विवादित बयानले उनलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा ठूलो धक्का पुग्ने विश्लेषकहरु बताउँछन् । यो बयानले उनलाई ‘महिला विरोधी’को आरोप पनि लागेको छ । यसअघि उनकी श्रीमती एवं पूर्व मोडल मेलिना ट्रम्पको नांगो फोटो सार्वजनिक हुँदा खुबै आलोचना भएको थियो ।















प्रतिक्रिया