१ मंसिर २०८३, मंगलबार

मधेसी मोर्चा लोकमान सिंह कार्कीको पक्षमा छ : मनीष सुमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manish-Suman-Sadbhawana-Parकाठमाडौं, ५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रभावशाली नेता एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले तीन दलका शीर्ष नेताहरू बन्द कोठाभित्र बसेर आग्रह र पूर्वाग्रह राखेर लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा महासचिव सुमनले भन्नुभयो, ‘इश्र्याको खातिर यो प्रस्ताव आएको हो, हामीले यसलाई खासै गम्भीर रुपमा लिएका छैनौं ।’ उहाँले प्रस्तावले अन्ति रुप लिनेबेला मधेसी मोर्चाले विवेकपूर्ण निर्णय लिने बताउनुभयो ।

नेता सुमनले लोकमान सिंह कार्कीविरुद्धको प्रस्ताव मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्नको लागि ल्याइएको आरोप लगाउनुभयो । उहाँले महाअभियोग प्रस्ताव समिति गठन गर्दा समेत तीन दलले दादागिरी देखाएको बताउनुभयो ।