चितवन, ५ कात्तिक । पर्यटकीय नगरी सौराहामा पहिलो पटक सांगीतिक रेस्टुरेन्ट “बलेसी रेस्टुरेन्ट” सञ्चालनमा आएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहरुको मागलाई मध्येनजर गर्दैै गीत संगीतसहित विभिन्न खानाका पारिवारिक स्वादको मज्जा एकसाथ लिन नयाँ प्योकजका रुपमा “बलेसी रेस्टुरेन्ट” सञ्चालनमा आएको हो ।
जंगल सफारी, हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, जंगल बाक, गाडा सयर, थारु नयाँको मज्जा लिदै आएका पर्यटकहरुलाई थप सांगीतिक सुविधा दिइनेछ । बलेसी रेस्टुरेन्टका सञ्चालक विनोद लोप्चनले भने, ‘अब सांगीतिक मज्जासहितको नेपाली र विदेशी हरेक प्रकार परिकारको स्वादमा पर्यटकहरु रमाउनेछन् ।’
नयाँ प्रयोगसहितको रेस्टुरेन्ट संचालनमा “बलेसी रेस्टुरेन्ट” सौराहाकै पर्यटन क्षेत्रमा आधा दशकदेखि सक्रिय युवा उद्यमीहरु विनोद लोप्चन र सुजन भट्टले सांगीतिक रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
सिजनल नभई सदाबहार बनेको सौराहामा सञ्चालन आएको रेष्टुरेन्ट पर्यटकहरुलाई नयाँ प्याकेजका रुपमा थपिनु सौराहाको पर्यटनमा नयाँ आयाम भएको क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले बताए ।















प्रतिक्रिया