काठमाडौं, ५ कात्तिक । एमाले नेतृ एवम् पूर्व सांसद शान्ता चौधरीले लोकमान सिंह कार्कीविरुद्ध संसद तातेको भन्दै सारा नेपालीहरूको आक्रोश उर्लिरहेको बताएकी छिन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेखेर चौधरीले भारतीय इशारामा काम गरेकाले लोकमानविरुद्ध सडक र संसद दुबै तत्तिएको बताएकी हुन् ।
‘लोकमान जी तपाईका बिरुद्ध आज जनताद्वारा निर्बाचित संसद भबन तातेको छ, देश तथा बिदेशमा रहेका सारा नेपाली तपाईमाथि आक्रोशित भएका छन्’, उनले भनेकि छिन्, ‘यदि जनताको मनमस्तिस्कमा बस्न सक्नुभएको भए आज तपाईको समर्थनमा जनताले सडकमा जिन्दावादको नारा घन्काउने थिए । तपाईको जयजयकार गर्ने थिए ।’
एमाले नेतृ चौधरीले अगाडि लेख्छिन्, ‘तपाईको ज्यादतीलाई महाअभियोग लगाएर निलम्बन गर्दैमा मात्र पूरा हुन्न । अख्तियार प्रमुख हुँदा तपाइँले गरेका काला कसुरलाई जनता माझ पुगाएर सजाएको भागिदार बनाउनु पर्छ ।’
लोकमान सिंह कार्कीका विरुद्ध कारबाहीको माग गरेर जनमत उर्लिरहेका बेला पूर्व सांसद चौधरीले पनि उनलाई हदैसम्मको कारबाही माग गरेकी हुन् ।











प्रतिक्रिया