१ मंसिर २०८३, मंगलबार

अध्यक्ष ओलीको बिदेश भ्रमण अचानक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-57d955a6bf17e0-58077d926f5d18-34579080काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बंगलादेश भ्रमणको कार्यक्रम अचानक रद्द गर्नुभएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरेर मुलुकको परिवर्तित राजनीतिका कारण अध्यक्ष ओलीले आफ्नो विदेश भ्रमण स्थगित गरेको बताउनुभएको छ ।

अध्यक्ष ओली शुक्रबार मध्यान्ह साढे १२ बजे बंगलादेशको भ्रमणका लागि जाने कार्यक्रम थियो । बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा ढाका जाने कार्यक्रम स्थगित भएकोमा नेपाली राजनीतिमा यसलाई महत्वका साथ हेरिएको छ ।