काठमाडौं, ५ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ ।
ललितपुरस्थित पार्टी मुख्यालयमा बिहान एघार बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रस्तावको पक्षमा जाने वा विपक्षमा के गर्ने भन्ने केन्द्रीय सदस्यहरूको धारणा बुझेपछि ठोस निर्णय गर्ने बुझिएको छ ।
कांग्रेसका नेताहरूले माओवादी केन्द्रले एमालेसँग मिलेर महाअभियोगको प्रस्ताव संसदमा दर्ता गराएकोमा चर्को असन्तुष्टि जनाएका छन् । उनीहरूले एमालेको उक्साहटमा लागेर माओवादी केन्द्रका नेताहरू फसेको आरोप छ ।
कांग्रेस नेताहरूले माओवादी केन्द्र र एमालेवीचको सम्बन्ध के हो भनेर खोजबिन गर्नुपर्ने भन्दै आजको बैठकमा धारणा राख्ने स्रोतको भनाइ छ ।















प्रतिक्रिया