१ मंसिर २०८३, मंगलबार

महाअभियोग प्रस्तावविरुद्ध राप्रपा नेपालले यसरी असन्तुष्टि जनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa-RPP-Nepalकाठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउने जस्तो अत्यन्त गम्भीर र संवेदनशील विषयको प्रस्ताव राजनीतिक दलहरूका बीचमा पर्याप्त छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर राजनीतिक दलहरूका बीच पर्याप्त छलफल गरेर मात्रै महाअभियोगको प्रस्ताव दर्ता गराएको भएको राम्रो हुने बताएका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउने जस्तो अत्यन्त गम्भीर र संवेदनशील विषयको प्रस्ताव राजनीतिक दलहरूका बीचमा पर्याप्त छलफल गरेर मात्र पेश हुनु पर्ने थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रस्ताव पेश हुनु पूर्व राप्रपा नेपालसंग कुनै परामर्श भएको छैन । त्यसर्थ प्रस्तावको बिस्तृत अध्ययन गरेर मात्र राप्रपा नेपालले आफ्नो आधिकारिक धारणा तय गर्नेछ ।’

राप्रपा नेपालको यो भनाइले माओवादी केन्द्र र एमालेको महाअभियोगको प्रस्तावलाई केही अप्ठेरो बनाइ दिएको छ ।