१ मंसिर २०८३, मंगलबार

सानेपामा कांग्रेसको बैठक जारी, महाभियोगमा छलफल केन्द्रित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-6-660x330काठमाडौं, ४ कात्तिक । सामसामयिक विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि केन्द्रित भएको छ ।

ललितपुरस्थित कांग्रेस मुख्यालयमा जारी बैठकमा लोकमान सिंहविरुद्धको महाभियोगमाथि नेताहरूले धारणा राखेको स्रोतले जनाएको छ ।

बैठकमा धारणा राख्ने नेताहरू दुई धारमा देखिएका छन् । कसैले महाभियोगको विपक्षमा मतदान गर्नुपर्ने धारणा राखेका छन् भने कसैले पक्षमा मतदान गर्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले बैठकमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुने बताइन् । ‘मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरूले धारणा राखेका छन्’, उनले भनिन् ।