१ मंसिर २०८३, मंगलबार

लोकमानविरुद्धको महाभियोगले विथोलियो सभामुखको जेनेभा भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari Ghartiकाठमाडौँ, ४ कात्तिक । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गर्नुभएको छ ।

मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उहाँले साताव्यापी आफ्नो भ्रमण रद्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार वासुदेव शर्मा (बबिन)ले राससलाई जानकारी दिनुभयो ।

सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)को प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँदै हुनुहुन्थ्यो ।

उहाँहरु भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको थियो । व्यवस्थापिका–संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की विरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

दर्ता भएको सो महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँच गरी स्थगित भएको थियो । रासस