२ कार्तिक २०८३, सोमबार

कतार एयरवेजमा नेपालीहरूले ग्लोबल बुकिङमा छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

art-qatar-airways-crew-620x349दोहा, ४ कात्तिक । स्मार्टफोन तथा ट्याब्लेटको माध्यमबाट कतार एयरवेजको वैश्विक (ग्लोबल) सञ्जालमध्य कुनैको बुकिङ गर्दा नेपाली यात्रुले १० प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने भएका छन् ।

कम्पनीले नेपाली यात्रुका लागि सीमित अवधिका लागि यो योजना सार्वजनिक गरेको हो । यात्रुले आफ्ना उपकरणको ब्राउजरमा कतारएयरवेज डटकम टाइपगरी कम्पनीको प्रमोशनल कोड मोबाइलको प्रयोग गरी विश्वभरका १ सय ५० गनतब्यका लागि बुकिङ गर्न सक्नेछन् ।

अक्टोबर १७ देखि २४ सम्म यात्रुले कतार एयरवेजको मोबाइल साइटमार्फत सन् २०१६ अक्टोबर २० देखि सन् २०१७ जून १४ सम्मको यात्राका लागि टिकट बुक गर्न सक्ने जानकारी दिइएको छ ।

कतार एयरवेजले आफ्नो भरखरै रिफ्रेस्ड गरिएको मोबाइल वेभसाइटको परिचयार्थ यो एक्स्क्यलुजिव प्रमोशनलाई क्याम्पेनको अंशका रुपमा सार्वजनिक गरेको हो । कम्पनीले वेभसाइटलाई १२ भिन्न भाषामा उपलब्ध गराएको छ ।

मोबाइल सेवाका नविन रेञ्जका साथ कतार एयरवेजले आफ्ना यात्रुका लागि साना स्क्रिन मार्फत विश्व भ्रमणका ठूला योजना बनाउन सघाउँदै आइरको छ ।

नयाँ रुपमा पूणः सार्वजनिक गरिएको नयाँ मोबाइल वेभसाइटले विश्वभरका यात्रुलाई आवश्यताका बखतमा विश्वभरका कुनैपनि स्थानमा यात्राका लागि थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

आफ्नो समयानुकुलताका आधारमा स्मार्टफोनको प्रयोग पत्रिका पढ्ने, एप्सको माध्यमबाट बिल तिर्ने लगायत कार्यमा ब्यापक भइरहेको छ ।

‘हाम्रा यात्रुहरुपनि आफ्नो यात्राका लागि टिकट बुकिङ तथा आफ्नो आवश्यता अनुसार यात्राको ब्यवस्थापन गर्न चाहान्छन्, त्योपनि आफु अनुकुल भाषामा ’, कतार एयरवेजका चिफ कमर्शियल अफिसर डा ह्यूग डनलिभिले भने ‘ आफ्नो सञ्जाल विस्तार गर्दै विश्वभर नयाँ गनतब्य थप्दै जाने क्रममा हाम्रा यात्रुलाई आफ्नो विश्वस्तरिय सेवा हामीले उडान भर्ने देशहरुमा प्रयोग हुने भाषा मध्यका सर्वाधिक प्रयोग हुने १२ भाषामा मोबाइल वेभसाइट मार्फत सेवा दिन पाउँदा निकै गर्वको अनुभव भइरहेको छ ।’

यात्राका लागि टिकट बुक गर्दा देखि यात्राको पूर्णता सम्म यात्रुलाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालमा मोबाइल साइट मार्फत विक्रि हुने सबै टिकट अक्टोबर १७ देखि २४ सम्म १० प्रतिशत छुटको अफर ल्याइएको उनले बताए ।

कतार एयरवेजको नयाँ मोबाइल वेभसाइटको प्रयोग एप्पल तथा एण्ड्रोइड उपकरणमा www.qatarairways.com मार्फत अरेबिक, ईङ्ग्लिश, फ्रेञ्च, जर्मन, इटालियन, जापानिज, कोरियन, चाइनिज, पोर्चुगिज,स्प्यानिश, रसियन र टर्किस भाषामा गर्न सकिन्छ ।

नयाँ मोबाइल वेभसाइटको माध्यमबाट यात्रुले नयाँ बुकिङ, पहिल्यै गरिएका बुकिङहरुको मिति तथा गनतब्य परिवर्तन, अतिरिक्त ब्यागेज खरिद, सिट तथा खाना छनोट लगायत अन्य विभिन्न सेवा प्राप्त गर्न सक्छन् । साथै, यात्रुले फ्लाइटको अवस्थिती जान्ने, कतार एयरवेजको प्रिभ्लेज क्लबको सदस्य तथा न्यूजलेटरको सदस्यता समेत प्राप्त गर्न सक्छन् ।