२ कार्तिक २०८३, सोमबार

दशौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७३

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5काठमाडौं, ४ कात्तिक । दीपावली तथा छट पर्वको अबसर पार्दै “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराका साथ फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०७३ कार्तिक १० देखि १३ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन गरिन लागेको फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यवसायिकता तर्फ उन्मुख गर्न पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यव्रmमहरु आयोजना गर्न लागेको जानकारी दिदै कार्यक्रम मेला महासचिब मिन बहादुर तामाङले गत बर्षहरुभन्दा यो बर्ष मेलामा सहभागि अबलोकनकर्ता तथा ग्राहकहरुको सँख्या उल्लेख्य रहने बिश्वास ब्यक्त गरे ।

यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास फ्यानले लिएको छ ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तार संगसंगै पुष्प व्यवसायको केन्द्र काठमाडौं मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा छ ।

आ.ब. २०७२÷७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७५पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७२÷७३ जम्मा १ अर्व ३४ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको छ ।

कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पूष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ । हाल उद्योगको रुपमा अगाडि बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरुले खेल्दै आएको भूमिका महत्वपुर्ण रहेको छ ।