मुम्बई । आमिर खानको मोस्ट अवेटेड फिल्म ‘दंगल’को ट्रेलर रिलिज भएको छ । जसलाई नितेश तिवारीले निर्देशन गरेका छन् ।
आमिर यो फिल्ममा पहिलोपटक हरियाणाका एक रेसलरको भुमिकामा देखिएका छन् । यो फिल्म हरियाणाका रेसलर महावीर फोगटको कथामा आधारित छ । जो आफ्नी छोरीलाई ओलम्पिकमा गोल्ड मेडल जिताउन लागि भारतबाट तयार गराउथे ।
फिल्मको ट्रेलरलाई आमिरले आफ्नो ट्वीटरमा शेयर गरेका पनि गरेका छन् र दर्शकहरुलाई के सोच्नुभयो भनेर प्रश्न पनि गरेका छन् । महावीर फोगटको भुमिकामा देखिएका आमिर खानको पत्निको भुमिकामा छन् साक्षी तंवर । फिल्मको टैगलाइन छ ‘म्हारी छोरियां छोरो से कम है के ?’ फिल्ममा फातिमा शेख र सान्या मल्होत्राले आमिर खानको दुई छोरीको भुमिका निभाएका छन् ।
आमिर खानको यो फिल्म २३ डिसेम्बरमा प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया