काठमाडौं, ४ कात्तिक । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली शुक्रबार बंगलादेश जाने भएका छन् ।
बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा ओली ढाका जान लागेका हुन् । ओलीले अवामी लिग पार्टीको २० औँ त्रैवार्षिक सम्मेलनमा भाग लिन केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ओली मध्यान्ह साढे १२ बजे ढाकातर्फ उडान भर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।











प्रतिक्रिया