१ मंसिर २०८३, मंगलबार

कांग्रेसको आज बस्ने बैठकमा के–के विषयमा छलफल हुँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deubaकाठमाडौं, ४ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

अपरान्ह दुई बजे ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिइन् ।

‘बैठकका लागि एजेण्डका विषयमा जानकारी केही दिइएको छैन’, उनले भनिन्, ‘मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुन्छ होला ।’

स्रोतका अनुसार बैठकमा सरकारको कामकारबाही, संविधान संशोधन, पार्टीका पदाधिकारी मनोनयन, स्थानीय निकायको चुनावलगायतका विषयमा छलफल हुन सक्नेछ ।

बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खड्का समूहले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा पेश गर्ने पनि जनाइएको छ ।

कांग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले तेस्रो पटक केन्द्रीय कार्यसमितिको औपचारिक बैठक बोलाएका हुन् ।

बैठक बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दबाब दिएको थियो ।