१ मंसिर २०८३, मंगलबार

लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव आजै संसदमा पेश गर्ने तयारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lok-man-singh-karki-4काठमाडौं, ४ कात्तिक । संसद बैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश हुने भएको छ ।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बुधबार बेलुका माओवादी केन्द्र र एमालेका १ सय ५७ सांसदले हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएसँगै कार्की निलम्बित भइसकेका छन् ।

संसद सचिवालयका अनुसार आज संसदको दुई वटा बैठक बस्नेछ । ती दुबै बैठकमा महाभियोग प्रस्तावमा छलफल हुने सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् । दोस्रो बैठकमा प्रस्तावमाथि छलफल हुनेछ ।

महाअभियोग लागेका व्यक्तिसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायिक प्रक्रिया पनि अगाडि बढ्ने छन् । कार्कीको महाअभियोग प्रस्ताव तिहारपछि बस्ने संसद बैठकमा निर्णयार्थ पेश हुनेछ ।