काठमाडौं, ३ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल १२ करोड ३५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको हिनामिना गरेको आरोपमा दाहाललाई प्रहरीले काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासबाट पक्राउ गरेको महानगरीय प्रहरी ललितपुरका नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
अध्यक्ष दाहालविरुद्ध दसैँ अगाडि नै ठगीको अभियोगमा उजुरी परेको थियो ।
पक्राउ परेका दाहालविरुद्धको उजुरीका विषयमा अनुसन्धान सुरु गरिएको नायब उपरीक्षक कार्कीले बताए ।
गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए ।
कम्पनीले उनीमाथि छानबिन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि प्रहरीमा उजुरी दिएको थियो ।
दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालीसकेका छन् ।















प्रतिक्रिया