२ कार्तिक २०८३, सोमबार

आईएमईग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakanshya-mnemonicकाठमाडौं, ३ कात्तिक । राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु-याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गरेको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ ।

आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागिएक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

ईच्छुक विधार्थीले यी संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित यही कार्तिक३ देखिकार्तिक ३०, २०७३ सम्ममा आवेदन दिनुपर्ने छ ।

फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबलआईएमईबैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा हाम्रो ईमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्नेछ ।यो समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

शैक्षिक सत्र २०७२ देखि संचालनमा आएको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृतिका लागि गत शैक्षिक सत्रमा प्राप्त आवेदनले हामीलाई उत्साहित तुल्याएको छ ।यस शैक्षिक सत्रमा पनि उल्लेख्य संख्यामा आवेदन प्राप्त हुने विश्वास लिएका छौं ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजनायी दुवै वित्तीय संस्थाहरुकोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ ।