२ कार्तिक २०८३, सोमबार

तिनाउ कटान रोक्न दीर्घकालीन योजना आवश्यक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tinau-kholaबुटवल, ३ कात्तिक । बुटवलको तिनाउ नदीले बर्सेनि गर्ने कटान रोक्न दीर्घकालीन योजना बनाएर काम थाल्नुपर्ने सरोकारवालाले बताएका छन् ।

मजुवा क्षेत्र विकास तथा वातावरण संरक्षण समितिले मङ्गलबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताले तिनाउ र दानव नदीले बर्सेनि गर्ने कटानलाई रोक्न दीर्घकालीन र अल्पकालीन दुवै योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले तिनाउ नदीको कटानले बर्सेनि गर्ने क्षति रोक्न नेपाल सरकारले दीर्घकालीन योजनासहित काम थाल्नुपर्ने भन्दै त्यसका लागि आफूले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, नेकपा (एमाले) का क्षेत्रीय अध्यक्ष रमेश नेपाल, नेपाली काँगे्रसका नगर सभापति खेलराज पाण्डे, जनताको तटबन्ध कार्यक्रमका प्रमुख रामप्रसाद अर्याल लगायतले तिनाउमा तटबन्ध निर्माण गर्नुपर्ने र त्यसका लागि सरकारले उचित बजेटको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रम समितिका अध्यक्ष महेन्द्रराज अर्यालको अध्यक्षतामा भएको थियो । रासस