१२ कार्तिक २०८३, बिहिबार

नेपालको कमजोर कूटनीतिले फाइदा लिनबाट बञ्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashsaran-mahatकाठमाडौं, ३ कात्तिक । दुई ठूला छिमेकी चीन र भारतले दक्षिण, पश्चिम तथा पूर्वी एसियामा आफ्नो प्रभाव फैलाइरहँदा कमजोर कूटनीतिक कारण नेपाल त्यसबाट फाइदा लिन बञ्चित छ ।

अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औ शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकार औंल्याउछन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘भारतले पहिल्यैदेखि दक्षिण एसियामा आफ्नो विशेष प्रभाव देखाउँदै आएको थियो । पछिल्ला दिन चीनले पनि यो क्षेत्रमा सक्रियता बढाउन चाहेको देखिन्छ तर कमजोर कूटनीतिका कारण यसको फाइदा हामीले लिन सकेका छैनौं’, पूर्व राजदूत नीलाम्बर आचार्यले भने, ‘हाम्रो कूटनीति कमजोर भयो भन्ने सन्देश बाहिर जानुले राम्रो संकेत गर्दैन ।’