काठमाडौं, ३ कात्तिक । चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘हामी विश्वास गर्छौ, द्विपक्षीय सम्बन्धमा तीन जोडीहरु (चीन–नेपाल र चीन) भारत र नेपालबीचको सकरात्मक अन्तरक्रियाले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवर्द्धन गर्दैन, क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान पु-याउछ’, प्रवक्ता हुअले भनिन्, ‘हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी भन्नेबारे पहिल्याउन चाहान्छौं, ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् ।’















प्रतिक्रिया