१ कार्तिक २०८३, आइतबार

अस्पतालमा आगलागीमा २३ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire-s_650_101816085826नयाँदिल्ली, २ कात्तिक । पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो ।

‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु ) आगलागी भएको हो ।

आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । “उडिसामा भएको घटनाबाट म मर्माहित भएको छु,” मोदीले ट्विीटरमार्फत बताउनु भएको छ । – सिन्ह्वा