१ कार्तिक २०८३, आइतबार

दाङमा भव्य साँगीतिक महोत्सव हुँदै, ज्योति मगरको विशेष प्रस्तुति रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-kalaदाङ । मध्यपश्चिमाञ्चलस्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डी.आई.डी) तिहार साँगीतिक महोत्सव दाङको नारायणपुरमा आयोजना हुने भएको छ ।

स्थानीय तथा केन्द्रीय कालाकारहरुको सहभागितामा महोत्सव हुन लागेको हो । डान्स आईकन दाङका प्रतिस्पर्धीहरुको आत्मविश्वास वृद्धि र केन्द्रीय कलाकारहरुसंगको सम्पर्क सेतुका लागि कार्यक्रम आयोजना गर्न लागिएको साँस्कृतिक समिति संयोजक हरिवंश आर.सी.ले जानकारी दिए ।

डी.टेन ईन्टरटेन्मेन्ट (प्रा.)लि. त्रिपुरको आयोजनामा हुन लागेको कार्यक्रममा कलाकारहरु प्रमोद खरेल, ज्योति मगर, रश्मि तामाङ्ग, खुमन अधिकारी, रीना थापा मगर, टोपेन्द विष्ट, बल्छी ध्रुबे, लेखान्त भुसाल भावुक, युनिक क्रिस, मंगोलियन हेमन्त, जलजला अधिकारी, तेजेन्द्र के.सी, (डी.आई.डी) ब्राण्ड एम्बेसडर लोसिना लामिछाने, गोल्डेन आईडल बिजेता वर्षा लम्साल, मोडल सौगात जि.एम., सरद समिप लगायतको सहभागिता रहनेछ ।

त्रिपुर– १ नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमिको प्राङ्गणमा कात्तिक ९ गतेदेखि १४ गतेसम्म आयनेजना गरिने सांस्कृतिक उत्सवमा प्रवेश शूल्क एक सय राखिएको कार्यक्रम आयोजक मूल समिति अन्तर्गत गठित आर्थिक उपसमितिका संयोजक डिल्लीबहादुर वलीले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन अर्थात कात्तिक ९ गते डान्स आईकन दाङको पब्लिक राउण्डको आयोजना गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।