मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण अन्तर्राष्ट्रिय अभिनेत्री भएकी छिन् । हलिउड फिल्म ‘ट्रिपल एक्स’मा काम गरेपछि उनको चर्चा चुलिएको छ । हलिउडको फिल्मको कामसँगै आफ्नो प्रेमी एवं अभिनेता रणवीर सिंहसँग उनको भेटघाट पातलिएको छ ।
पछिल्लो समाचार अनुसार रणवीरसँग दीपिका अलग हुने पक्षमा छिन् । सोही कारण पनि उनले रणवीरसँगको भेटघाट घटाउँदै गएको चर्चा छ । उनीहरुको विचार र केही बानी मेल नखाएका कारण सम्बन्धमा समस्या आएको बताइएको छ । जसका कारण उनीहरुबीचको दूरी बढ्दै गएको छ ।
आफुलाई दीपिकाले ध्यान नदिएको गुनासो रणवीरले आफ्ना साथीहरुसँग गरेका छन् । दीपिका आफ्नो करिअरमुखी भएको कारण पनि भेटघाट पातलिएको पनि रणबीरले बताएका छन् ।
रणवीरको यस्तो गुनासो आउँदा दीपिकाले त्यसलाई वास्ता गरेकी छैनन् । आगामी जनवरीमा प्रदर्शनमा आउने आफ्नो फिल्म ट्रिपल एक्सले करिअरमै परिवर्तन ल्याउने विश्वास दीपिकाको छ । त्यसैले अहिले उनी सो फिल्मको प्रचारमा पूर्ण रुपमा केन्द्रित छिन् । – एजेन्सी















प्रतिक्रिया