१२ कार्तिक २०८३, बिहिबार

अख्तियारको निर्देशनलाई सर्वोच्चले यसरी उल्टाइदियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushila Karki faces parliamentary hearing before CJ appointmentकाठमाडौं, २ कात्तिक । जलविद्युत कम्पनीहरुको लाइसेन्स रद्द गर्न निर्देशन दिने अख्तियारको आदेशलाई संविधान विपरित ठहर्‍याउँदै सर्वोच्च अदालतले ५ वटा जलविद्युत कम्पनीको लाइसेन्स रद्द गर्ने उर्जा मन्त्रालयको निर्णय बदर गरिदिएको छ ।

सर्वोच्चको फैसलाले मोल्निया पावर, एपोलो, कालिका, वेलकम र ज्यामालम्बा इनर्जीको लाईसेन्स रद्द गर्ने उर्जाको निर्णय खारेज भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साल पुस १३ गते १३ कम्पनीको लाईसेन्स रद्द गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निर्देशन अनुसार उर्जाले पुस ३० गते लाईसेन्स रद्द गरेको हो ।