१२ कार्तिक २०८३, बिहिबार

यसरी मोटाउँदैछन् वाणिज्य बैंकहरू, ८५ प्रतिशतले बढ्यो मुनाफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rbb-bankकाठमाडौं, २ कात्तिक । तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।

०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड एनुअल ग्रोथ रेट–सीएजीआर) २२ दशमलव ७ प्रतिशत हुन आउँछ ।