काठमाडौं, २ कात्तिक । सरकारले पुनःसंरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुनःसंरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ ।
आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुनःसंरचनाका आधारमा परिमार्जन गर्दै संख्या बढाउन लागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ ।
अन्तिम निर्णय गर्न बाँकी रहेकाले संख्या सामान्य थपघट हुने सम्भावना छ । आयोगले यसअघि ५ सय ६५ वटा स्थानीय तहको संख्या निर्धारण गरेर काम थालेको थियो ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीचको सहमतिपछि सरकारले इलाकालाई मुख्य आधार मानेर पुनःसंरचना गर्न आयोगलाई नयाँ मापदण्ड दिएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख एवं आयोगका सदस्य सचिव हरि पौडेलले सरकारले तोकेको नयाँ मापदण्डअनुसार कसरी बढ्नेबारे छलफल भइरहेको बताए ।















प्रतिक्रिया