काठमाडौं, १ कात्तिक । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवाप्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड (“एनसेल”) लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ ।
यो प्रख्यात पुरस्कार एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदानगर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समूह अन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्य सबैभन्दा राम्रो अभ्यास गर्दै आएकोलाई यो सम्मान प्रदान गर्दछ ।
ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहकमिश्रित औषतआय, प्रतिग्राहकआयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनतालगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापढण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।
एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भन्छन्, “हामी कृतज्ञ छौ । ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ । फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्घति अपनाउछ र यो सफलता एनसेललको उदाहरणीय समग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । यो देशको सामाजिकआर्थिक सवृद्घीका लागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा हो ।
“लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ । हामी नेपाली जनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवा प्रदान गर्न कतिवद्घ छौ ।”















प्रतिक्रिया