काठमाडौं, ३० असोज । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ ।
आउँदो शैक्षिकसत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तर, कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुगाउने भन्ने निर्णय हुन सकेको छैन ।
रंगीन पुस्तक कसले छाप्ने भन्ने पनि निर्क्योल हुन सकेको छैन ।
हरेक शिक्षामन्त्रीले शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगाउने प्रतिबद्धता जनाउने गर्छन् ।
तर मातहतको कार्यालयले निर्णयका लागि पेस गरेको फाइलको निर्णय तीनवटै मन्त्रीले बेलैमा नगरिदिँदा कतिपए विद्यार्थीले शैक्षिकसत्रको अन्त्यसम्म पनि पुस्तक पाँउदैनन् ।















प्रतिक्रिया