काठमाडौं, ३० असोज । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले संविधा संशोधनका लागि पार्टीले कुनै आग्रह पालेर नबस्ने बताएका छन् ।
‘संविधान संशोधन औचित्य र आवश्यकताका आधारमा गर्न सकिने कुरा हो’, एमालेले शनिबार काठमाडौंमा गरको चियापानमा ओलीले भने, ‘हामी कुनै आग्रह लिएर बस्दैनौ ।’
उनले आवश्यकता र औचित्य भने छलफलमा आउने उल्लेख गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
चियापानमा सहभागी सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि एमालेको सहयोग लिने विश्वास व्यक्त गरे ।
‘एमालेले संविधान संशोधन आवश्यक छैन भनेको छैन’, देउवाले भने, ‘उहाहरुले औचित्य भनिरहनुभएको छ, तर (संविधान संशोधनमा सहमति) मिल्छ ।’
त्यस अवसरमा देउवा र ओलाीलाई पत्रकारहरुले ‘चुनाव समयमै हुन्छ ?’ भनेर एकसाथ सोधेका थिए ।
सँगै रहेका देउवालाई ओलीले सोधे, ‘निर्वाचन त गर्नैपर्छ होइन, सरकारको धारणा के छ ?’ देउवाले संक्षिप्त जवाफ दिए, ‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने, गर्ने ।’















प्रतिक्रिया