१२ कार्तिक २०८३, बिहिबार

चीनका राष्ट्रपतिले संविधान कार्यान्वयनमा जोड दिएपछि भारत रिसायो

37.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping-lगोवा, ३० असोज । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गत वर्ष जारी भएको संविधानको कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद ज्ञापन गरेका थिए ।

‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दे सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो’, भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण भने ।

विशेषतः मधेसवादी दलहरुले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

दाहाल र चिनियाँ राष्ट्रपतिबिचको भेटमा नेपाल,भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ ।

चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले यो अवधारणालाई रुचाएको छैन ।