१ कार्तिक २०८३, शनिबार

मुस्ताङमा ४० प्रतिशत स्याउ बिक्री, बोटबाटै व्यापारीलाई ठेक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apple-jumla

पोखरा, २९ असोज । जिल्ला ट्राफिक कार्यालय कास्कीले आव २०७२/७३ मा रु दुई करोड पाँच लाख ४१ हजार ४०० राजस्व सङ्कलन गरेको छ ।

सवारी नियम उल्लङ्घन र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी उक्त अबधिमा सो राजस्व सङ्कलन गरेको हो।

उक्त अवधिमा ४९ हजार सात सय सवारी साधन कारबाहीमा परेका थिए । प्रहरी निरीक्षक विश्वराज अधिकारीका अनुसार कारबाही पर्नेमा मोटरसाइकल २४ हजार २६५, कार/जिप नौ हजार १५१, बस आठ हजार ६८ र अन्य सवारीसाधन आठ हजार २१६ छन् ।

त्यस्तै कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ३७८ जनालाई कारबाही गरी रु १३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

मुस्ताङमा ४० प्रतिशत स्याउ बिक्री

यसैगरी मुस्ताङका किसानले आजसम्म ४० प्रतिशत स्याउ बिक्री गरिसकेका छन् । किसानले बोटबाटै व्यापारीलाई ठेक्कामा स्याउ बिक्री गरेका हुन् ।

यसवर्ष जिल्लामा चार हजार २०० मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक भीमबहादुर थकालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो परिणामको स्याउ बिक्रीबाट किसानले झन्डै रु. २० करोड आम्दानी गरेका छन् । गतवर्ष किसानले करिब रु ४० करोड भन्दा बढी मूल्यको स्याउ बिक्री गरेका थिए ।

जिल्लाका किसानले यसवर्ष ३५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरेका छन् । जिल्लाका १६ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागबेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेका छन् ।

जिल्लामा आठ सय ८३ हेक्टर क्षेत्रफल स्याउका लागि उत्पादनशील क्षेत्र मानिन्छ । रासस