१ कार्तिक २०८३, आइतबार

रुस र चीनपछि ईरान पनि पाकिस्तानको पक्षमा उभियो, दिल्लीमा चिन्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iran-pak

काठमाडौं, २६ असोज । भारतले विश्वमा पाकिस्तानलाई एक्लो बनाउने अभियान चलाइरहेका बेला विश्वका शक्तिशाली राष्ट्रहरु धमाधम पाकिस्तानको पक्षमा उभिन थालेका छन् ।

काश्मिरको उरी घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व एक्ल्याएर छाड्ने चेतावनी दिएका बेला भर्खरै ईरानले पाकिस्तानसँग हात मिलाएको खबर आएको छ ।

यसअघि विश्वकै शक्ति चीन र रुसको साथ पाएको पाकिस्तानले अब ईरानको पनि साथ पाएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ईरानले ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुने इच्छा जनाएको छ । उसले यो महत्वाकांक्षी परियोजनालाई तेल सम्पन्न देशमा विस्तार गर्नका लागि पाकिस्तानसँग सम्वाद समेत सुरु गरेको छ ।

पाकिस्तानमा रहेका ईरानी राजदूत मेहदी होनरदोस्तले यसबारे सीपीईसी परियोजनाका निर्देशक जहीर शाहसँग कुरा गरेको पाकिस्तान टुडेले जनाएको छ । समाचारअनुसार यो बैठकमा ती क्षेत्रहरुबारे पनि छलफल भएको छ जसमा ईरान जिम्मेवारी लिनसक्छ र सक्रिय भुमिका निभाउन सक्छ ।

सीपीईसी परियोजनाका निर्देशक शाहसँगको भेटमा ईरानी राजदूतले भने– ‘ईरानका विभिन्न निजी क्षेत्रहरुमा अलग अलग क्षेत्रको व्यापक क्षमता छ । यसमा टेक्निकल, इन्जिनियरिङ, उर्जा परियोजना, सडक र निर्माण, विजुली प्रशारण लाइन समावेश छन् । ईरान सीपीईसीका विभिन्न परियोजनाहरुमा जिम्मेवारी लिन पूर्ण रुपमा तयार छ ।’

भारतले एक्ल्याउने भनेपछि यसअघि सार्वजनिक रुपमै चीनले पाकिस्तानको पक्षमा समर्थन जनाइसकेको छ भने रुसले पनि आफ्ना सेना पाकिस्तानमा पठाएर साथ रहेको पुष्टि गरिसकेको छ ।