२ कार्तिक २०८३, सोमबार

दोस्रो कीर्तिपुर औद्योगिक व्यापार मेला सकियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kritipur-mela

काठमाडौँ, २४ असोज । दोस्रो कीर्तिपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ आइतबार सम्पन्न भएको छ ।

साना ब्यापारी हरुलाई लिएर मुलुकको बिभिन्न जिल्ला तथा बिभिन्न स्थानमा ब्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्थाले यसपाली भने किर्तिपुरको नया बजार क्लबको सहकार्यमा एम्बुलेन्स सयोगार्थ दोस्रो पटक कीर्तिपुरमा मेला आयोजना गरेको थियो । नेपालीहरुको  महान चाड बडा दशैँ सुरु भए संगै  सस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ असोज १३  देखि असोज २३ गते सम्म किर्तिपुरको नया बजार खेलकुद मैदानमा भएको थियो । ब्यापार ब्यबसाय प्रबर्धन गर्नुको साथै स्थानिय उत्पादन, कलालाइ प्राथमिकता दिदै आफ्नै धर्म सस्कृति अनि पर्यटनलाइ महोत्सबको माध्यम बाट आन्तरिक पर्यटनलाइ समेत बृदी गर्दै देश बिकाश तथा आत्मानिर्भरता लाइ अभिबृदी गर्ने उदेश्यले औधोगिक शान्ति नेपाल सस्थाले मेला महोत्सबहरु आयोजना गर्दै आएको छ । मेला अबधिभर चार दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुलाई महोत्सबमा लगेर उपस्थित आयोजक सस्थाले मानब भिडलाई मनोरंजन समेत प्रदान गरेको थियो भने आयोजकले उक्त मेलामा नृत्य प्रतियोगिता समेत आयोजना गरि बिजेताहरुलाई पुरष्कृत गर्दै भने गोला चिठ्ठा मार्फत दर्शकहरु लाइ एउटा खसी समेत प्रदान गरेको थियो ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहेको र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने ब्यबस्था र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध गराएको र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था गरिएको थियो भने मेलामा निशुल्क स्वास्थ्य सिबिर साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको थियोl दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गरेका थिए भने बालबालिकाहरु को लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको थियो ।

युवाहरु आबद्द  औधोगिक शान्ति नेपाल सस्थामा अध्यक्ष्य सन्दिप महत, उपाधक्ष्यमा राजकुमार खड्का, महासचिबमा शंकर गुरुङ(संयोजक) र कोषाध्यक्ष्यमा प्रितम मल्ल (स्टल संयोजक) रहेका छन । युवाहरु मिलेर देशमानै केहि गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेको औधोगिक शान्ति नेपाल सस्थाले बर्षेनी हजारौ युवा हरुलाई रोजगारी प्रदान गर्नुको साथै ब्यापार तथा ब्यबसायलाइ  समेत प्रबर्धन गर्दै आएको छ ।