काठमाडौं, २१ असोज । नेपाल बंङ्गलादेश बैंक लिमिटेडको एटीएम मेसिन झापाको विर्तामोडमा स्थापना भएको छ ।
बुधबार नेपाल बंङ्गलादेश बैंक लिमिटेडको बिर्तामोड शाखा, बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोडको प्राङगणमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीले उक्त एटीएम मेसिनको उद्घाटन गरे ।
साथै सोही अवसरमा नेपाल बंङ्गलादेश बैंक, बिर्तामोड शाखाको पहलमा यस बैंकको ‘संस्थागत सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत झापा जिल्ला, बिर्तामोडमा स्थित बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्था (BSOPWD) को लागि आवश्यक विभिन्न ईलेक्ट्रोनिक तथा फर्निचर सामाग्री (कम्प्युटर, प्रिन्टर ,फोटोकपी मेसिन, फर्निचर आदि) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा, प्रमुख अतिथि डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीले हस्तान्तरण गरे ।
उक्त अवसरमा झापा जिल्ला, बिर्तामोडका बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्था (BSOPWD) का अध्यक्ष दिपक थापाले बैंकले गरेको यस कार्यप्रति कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगको अपेक्षा गरे ।
















प्रतिक्रिया