३० कार्तिक २०८३, सोमबार

मुमाराम खनालले नयाँ शक्ति छाडे, बाबुरामलाई ठूलो झट्का (विज्ञप्तिसहित)

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mumaram-12-1

काठमाडौं, २१ असोज । नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । शुक्रबार अपराह्न ५ बुँदे विज्ञप्ति जारी गर्दै उनले नयाँ शक्ति छोडेको घोषणा गरेका हुन् ।

‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित देशलाई समृद्ध बनाउने लक्ष्य लिएको नयाँ शक्तिलाई नयाँ राजनीतिक संस्कारयुक्त पार्टी बनाउने भनिए पनि राजनीतिक दल घोषणा गरेपछि माओवादीको एउटा समूहमा रुपान्तरण भएको उनको आरोप छ ।

साथै, नयाँ शक्ति केन्द्रीय परिषदमा मनोमानी रुपमा सदस्य थप्दै सात सय पुर्याएको भन्दै उनले आलोचना गरेका छन् ।

मुमारामले पार्टी छाडेसँगै बाबुरामलाई ठूलो झट्का लागेको छ । जानकारहरुका अनुसार मुमाराम बाबुरामका ‘दाहिने हात’ जस्तै थिए ।

हेर्नुस् विज्ञप्तिः

khanal-mumaram